Tuesday, September 2, 2014

Nepali share market: some points to think about

Rajesh Sharma

१. अहिले नेपाली शेयर बजारमा अभूतपूर्व उतार–चढावको समय छ । कमाउनेहरु रमाई रहेका होलान, गुमाउनेहरु मलीन मुद्रामा शेयर वजारलाई गाली गर्दै होलान र शेयरका प्रमाणपत्रहरु जतन गरेर राखेर अरु नै धन्दामा तल्लीन भएका वजारमा अनुपस्थित लगानीकर्ताहरु वेखवर आप्mनो दैनिकीमा व्यस्त होलान । संसार धेरै ठूलो छ । सवैलाई आप्mना कथाहरु जम्मा गर्न र सफलता एवं असफलताका अनुभवहरु संकलन गर्ने अवशरहरु उपलव्ध छन् ।
२. वजारमा उर्लिएको नदीले ल्याउने भेल–वाढीदेखी डराउनेहरु वास्तवमा गुमाउनेको लहरमा उभिन पुग्छन् । यो वजार एउटा ठूलो समुद्र जस्तै हो, जहाँ ठूला माछाहरु साना माछालाई खाएरै मोटाउछन् । साना र कमजोर लगानीकर्ताहरुसंग प्रतिस्पर्धाका लागी ज्ञान, शीप र खतराको सामाना गर्ने शाहस हुनु जरुरी छ । ती गुणहरु आफुमा छैनन् भने धेरै गुमाउनुभन्दा अगाडी नै वजारवाट वाहिरिनु राम्रो हुन्छ ।
३. मैले धेरै साथीहरुले वजार माग र आपूर्तीवाट संचालन हुने प्रतिस्पर्धी व्यवस्था भएको ठाउँ हो भन्ने लेखेको कुरा पढेको छु र वोलेको कुरा सुनेको छु । यो आमरुपमा सही पनि हो र विशिष्ट अवस्थामा गलत पनि । जव आकाश खस्न लागेको प्रतीत हुन्छ, संगै रहेको साथीपनि देखिदैन । यो अवस्थामा वजार न प्रतिस्पर्धी रहन्छ, न खुला । हाम्रो जस्तो पुरातन प्रणालीमा संचालनमा रहेको यो वजारमा यस्तो हुनु स्वभाविक पनि हो ।
४. प्रश्न उठ्छ किन राष्टृ वैकले गएको मौद्रिक नीतिसंगै त्यो प्रतिशतवाला प्रवधानको व्यवस्था गरेन? किन उस्ले शुरुमै ३० प्रतिशत जस्ताको तस्तै राखेर त्यसभित्रको १ प्रतिशतको कुरा स्पष्टताका साथ वताएन? किन अरु नियामक निकायहरु शुरुको वजार घटेका दिनहरुमा सकृय देखिएनन? किन राष्टृ वैकको स्पष्टिकरण आयो जव वजारमा धेरै ठूलो संख्यामा शेयरहरुले मालिक परिवर्तन गरि सकेका थिए र नयाँ मालिकहरु वेच–विखनको तयारीमा लाग्न शुरु गरेका थिए? यी सवै कुराहरुले हाम्रो वजार पूर्ण प्रतिस्पर्धा एवं खुला वातावरणमा संचालित छ भन्ने कुरामा संदेह उत्पन्न गराउँछन् । अझ थप कुरा के छ भने यत्रो लामो होहल्ला र तम्तयारीपछि पनि सिडियस किन लागु हुँदैन? किन त्यसका लागि प्रकृयागत कुरामा अल्झाएर राखिएको छ? यस्ले अर्थ मंत्रालय समेतका नियामक निकायहरुका अधिकारीहरुमाथि संदेहका आखाँले हेर्नु परेन र?
५. अहिले धेरै कम्पनीहरुको मूल्य घटेको छ । ती कम्पनीहरुमध्ये धेरै यस्ता कम्पनीहरु छन् जस्को मूल्य घटता आश्चर्य लाग्छ । कम्पनीका आधारभूत सुचकांकहरु सकारात्मक मात्र होइन, उत्साजनक छन्, उनीहरुको नाफा, प्रति शेयर कमाई, जगेडा कोष आदी सवै आकषर््ाक छन् तर मूल्य घटेको छ । देशमा राजनीतिक वातावरणमा तात्वीक अन्तर आएको छैन, आर्थिक रचना डावाडोल भएको छैन र वाह्य आक्रमण वा घनीभूत हस्तक्षेपको अवस्था पनि छैन । यस्तो अवस्थामा तेस्ता कम्पनीहरुका शेयरधनीहरुले किन आप्mनो लगानीको अवस्था नकारात्मक भएको देख्नु परेको हा?
६. यसैले, मेरो आप्mनो निष्कर्श के छ भने हामीसंग यी माथिका व्यवधानले उत्पन्न गर्ने चक्रव्यूहसंग जोगिन सक्ने शीप, कौशल र आँट छ भने हामी यो वजारमा लगातार दृढतापूर्वक डटी रहौ – हाम्रो राम्रो भविष्य छ । त्यस्ता गुण हामीसंग छैनन भने हामी स्वेच्छाले कम नोक्सानीमा वजारवाट वाहिर निस्कौं अथवा त्यति वेलासम्म पर्खौ जहिलेसम्म हामी नाङ्गै निस्कनु पर्ने अवस्थामा पुग्दैनौ । यो सुन्दा तितो लाग्छ, तर वजार निर्मम हुन्छ र अन्तरतत्वमा, यहाँ सवैलाई समान अवशर उपलव्ध छैन । यसैले, वजारमा पसेर निस्कने आँट गर्नु पनि दीर्घकालको हिसावले फलदायी हुनसक्छ ।
यो लामो वक्तव्यवाजी प्रति म आफैपनि दुखी छु तर स्वभावको आम नियन्त्रणमा रहनु पर्ने धर्मपालना गर्ने क्रममा मैले यस्तो कुरा लेख्नु नै प¥यो । संस्कृतमा एउटा श्लोक छ – वादे, वादे जायते तत्ववोध । वाद–विवादले नै ज्ञानको गहिराईसम्म पुगिन्छ । साथीहरुका विचारहरु आउने नै छन् ।
This is my first major attempt to write in Nepali. So, mistakes in typing are many. I thank you most sincerely Nytsal Shrestha ji for your suggestion to use unicode nepali. ( http://www.ashesh.com.np/nepali-unicode.php
http://www.typenepali.com/)

No comments:

Post a Comment